काठमाडौं– नेपाल बंगलादेश बैँकले पशुपति क्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्ट्बीन हस्तान्तरण गरेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए । कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए । साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको एटिएम पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीलाई नयाँ खाता खोले रु एक सय बैकले बचत गरिदिने बताए साथै बैंकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।