काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
आज पनि उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहने प्रतिनिधिसभा सचिवालयले जनाएकाे छ ।
सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखि रहेका छन् ।
बुधबारको बैठकमा बोल्ने समय नपाएको सांसदहरूले आज आफ्नो धारणा राख्ने छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १०:३९