काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई रु तीन लाखको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे । आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने आमाबुवाका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद दिए ।