ललितपुर– ललितपुर स्थित गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ।
डडेलो बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका– ४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो।
स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार डडेलो दमकल जान नसक्ने ठाउँमा फैँलिएको छ ।
यस बेला प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० २२:२४