नेपालगन्ज/भाद्र २३ गते ।
बैजनाथ गाँउपालिकामा डिजिटल नागरिक वडा पत्रका लागि पहल गर्ने र सबै वडा कार्यालयहरुमा १५ दिन भित्र नागरिक वडा पत्र राख्ने प्रतिबद्धता गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जले आज गाँउपालिकामा आयोजना गरेको समन्वय बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो । बैठकले सूचनाको हक प्रबद्र्धन गर्न गाँउपालिकामा सुचना अधिकारी तोकि सकेको र १ हप्ता भित्र सबै वडा कार्यालयहरुमा सुचना अधिकारी तोक्ने, गाँउपालिकाले पारित गरेका योजना, कार्यक्रम, बजेत लगायत सुचनाहरु आम नागरिक सम्म पु¥याउन बार्षिक क्यालेन्डर र बजेट सहितको बार्षिक पुष्तक प्रकाशन गर्ने, हरेक क्रियाकलापहरु पारदर्शि गर्न सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण कार्यक्रमलाई निरन्तरता दिने तथा सबै वडामा सुशासन मुखि कार्यक्रम गर्न बजेटको ब्यवस्थापन गर्ने र गाँउपालिकामा ईलेक्ट्रीक हाजिरीको ब्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।
बैठकमा बोल्दै बैजनाथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बैजनाथ गाँउपालिकालाई सुशासन र सुचना मैत्री गाँपालिका बनाउन पहल थालिसकिएको बताए । उनले जवाफदेहिताका औजारहरुको भरपुर प्रयोग गर्ने सवालमा गाँउपालिका सधै अग्रणी हुने बताए । बैठकमा छलफल मार्फत गरिएका प्रतिबद्धताहरु पुरा गर्न सधै प्रतिबद्ध रहने प्रतिबद्धता गरेका छन् । बैठकमा बोल्दै कार्यकारी अधिकृत बिरेन्द्र बहादुर माझिले सुशासन प्रबद्र्धनमा गाँउपालिकाले बजेट बिनीयोजन गरिएको बताए । बैठकमा गाँउपालिका उपाध्यक्ष शारदा रेग्मी बिक, वडा अध्यक्षहरु, गाँउपालिकाका नासु तप्त राज आचार्यले आ–आफ्ना बिचार राखेका थिए । बैठकमा बासले नेपालमा सदाचार निर्माण परियोजना अन्तरगत गरिरहेका क्रियाकलापहरु तथा गाँउपालिकाले सुशासन÷सदाचार प्रबद्र्धनमा गर्न सक्ने क्रियाकलापको बारेमा बासका कार्यक्रम अधिकृत हेमराज भट्टले जानकारी गराउदै बैठकलाई छलफलमुखि बनाएका थिए । गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको बैठकको संचालन बासका केन्द्रिय सदस्य दल बहादुर सुनारले गरेका थिए ।