मुम्बई– बलिउड अभिनेता टाइगर श्राफकी आमा आयशा श्राफलाई ५८ लाख ठगी गरिएको छ । उनको छोराको फर्ममा कर्मचारीको रूपमा नियुक्त गरेको किकबक्सरले रु ५८ लाख ठगेको मुम्बई पुलिस अधिकारीले शुक्रबार बताएका छन्।
आयशा श्राफले सान्ताक्रूज पुलिस स्टेशनमा दर्ता गरेको उजुरी अनुसार, एलन फर्नान्डिस भनेर चिनिने किकबक्सिङ एसोसिएशन फाइटरलाई टाइगर श्राफको एमएमए म्याट्रिक्स कम्पनीमा अपरेसन निर्देशकको रूपमा नियुक्त गरिएको थियो।
कम्पनीले मिक्स्ड मार्सल आर्टको तालिम दिन्छ र यसको व्यवस्थापन आयशा श्राफले गर्छिन्, उनले भने।
फर्नान्डिसलाई सन्र २०१८ मा म्याट्रिक्स फर्ममा निर्देशक नियुक्त गरिएको थियो। उसलाई फर्म मार्फत भारत र विदेशमा ११ वटा प्रतियोगिता आयोजना गर्न पैसा जम्मा गरेको र आफ्नो व्यक्तिगत खातामा ₹ ५८ लाख जम्मा गरेको आरोप लागेको एफआईआरले उद्धृत गरको छ ।