काठमाडौं– जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस आइतबार नसकिएपछि हेर्दाहेर्दैमा आज बहस तोकेको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ सुरु गरेको थियो । तर, समयाभावका कारण हेर्दाहेर्दै आज सोमबारका लागि बहस राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।
महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा गत १९ असोजमा उनलाई प्रहरीले पक्राउ अनुसन्धान सुरु गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०८:०१