काठमाडाैं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९१ अंक बढेर १९४१.५२ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।आइतबार प्रि ओपन सेसनमा १६ स्टकको ४ लाख ३१ हजार ६७६ रुपैयाँ बराबरको ८६८ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।
बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ११:२३