पत्रकारहरुको गुणस्तर वृद्धिका लागि अनलाइन तालिम सञ्चालन गर्नुका साथै पत्रकारहरुलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउदै शीप र क्षमता वुद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
काभ्रे- बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको पाँच दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा सम्पन्न भएको उक्त तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
[caption id="attachment_68406" align="alignnone" width="800"]
तालिममा सहभागीलाई प्रशिक्षण दिदै प्रशिक्षक प्रवेश सुवेदी[/caption]
तालिमको समापन समारोहमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले अनलाइन पत्रकारिताको विस्तारसँगै गुणस्तर वृद्धिका लागि अनलाइन तालिम सञ्चालन गरेको बताए ।
कार्यक्रममा बोल्दै सापकोटाले बागमती प्रदेशका पत्रकारहरुलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउनुका साथै उनीहरुको शीप र क्षमता वुद्धि गर्ने लक्ष्य लिएको बताए । उनले भविष्यमा पनि यस्ता तालिमहरुको आयोजनालाई निरन्तरता दिइने जानकारी दिए ।
[caption id="attachment_68407" align="alignnone" width="800"]
रजिष्ट्रार रेवतीप्रसाद सापकोटाबाट प्रमानपत्र लिदै तालिममा सहभागी पत्रकार इना मर्हजन[/caption]
सो तालिममा प्रशिक्षकका रुपमा प्रवेश सुवेदी र उमेश श्रेष्ठ रहेका थिए ।