विजेता सबैलाई गरेर १२ लाख बराबरको छात्राबृतीका अवसर र बिभिन्न गिफ्ट पुरस्कारको रुपमा प्रदान गरेको छ । सबै विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीतामा अन्य देशका सहभागीसँग भिड्नेछन् ।
काठमाडौं– ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता घोषित भएको छ । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिएका हुन् । ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भएका छन् ।
त्यस्तै किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’ तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेन्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रीवा चौहान सेकेन्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप भए ।
यही प्रतियोगीता अन्तर्गत गु्रप ‘बि’ मा मिस्टर तर्फ रायन लखन्द्री, सेकेन्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिस तर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेन्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी भए । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धी बुढाथोकीले पाए ।
राजधानीमा आयोजित एक सारोहका बीच सम्पन्न प्रतियोगीतामा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए ।
सोनिका मिस र रोनिश मिस्टर तर्फ विजेता बनेका हुन् । प्रतियोगीतामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।
प्रतियोगीतामा फष्ट रनरअप जानवी भण्डारी र युग अधिकारी , सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली भए ।
प्रतियोगीतामा इन्टरनेशनल अवार्ड विजेता तर्फ एसईई बेष्ट मोडल अफ द युनिभर्स नेपाल रीना तामाङ, प्रि टिन इन्टरनेशनल नेपाल स्मृती विस्वकर्मा, टिन इन्टरनेशनल नेपाल आईरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, बेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स बेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती भए ।
एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिबृद्धी गर्दै उनीहरुलाई सक्षम रुपमा अगाडि बढ्न सक्ने ब्यक्तित्व विकास गर्ने उदेश्यले फेशन ईराले प्रतियोगीता आयोजना गरेको हो ।