पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएकोबाहेक अन्य एक्साभेटर प्रयोग गरेकोलगायतका विभिन्न कारण देखाउँदै विश्वकर्माले तत्काल उत्खनन रोक्न लगाएको हाे ।
नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीमा जथाभावीरुपमा नदीजन्य पदार्थ उत्खनन भएको पाएपछि उत्खनन कार्यमा रोक लगाइएको छ ।
[caption id="attachment_68473" align="alignnone" width="800"]
नदीजन्य पदार्थ उत्खनन लिनका लागि गएका ट्रिपर [/caption]
जथाभावी उत्खनन भएको गुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमन गरेको थियो ।
पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएकोबाहेक अन्य एक्साभेटर प्रयोग गरेकोलगायतका विभिन्न कारण देखाउँदै विश्वकर्माले तत्काल उत्खनन रोक्न लगाएको बताए ।