नेपालगन्ज । भाद्र २५ गते ।
देशैभरी शाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्धको अभियान संचाल गरिरहेको बास देशका ७० जिल्लामा पुगेकोछ ।
यस अघि ६८ जिल्लामा शाखा बिस्तार गरिसकेको बासका रसुवा र धनुषामा शाखा बिस्तार संगै ७० जिल्ला पुगेको हो । धनुषामा बसेको युवाहरुको एक भेलाले अवद्येश कायतको अध्यक्षतामा दिनेश कुमार साह उपाध्यक्ष, संजय कुमार साह सचिब, रामबाबु यादब सहसचिब र अकुल प्रसाद साह कोषाध्यक्ष रहेको बासको शाखा बनाएको हो । शाखाको सदस्यहरुमा निरंजन साह, कमिश्वर यादव, कैलाश दास, मो. अंजार हुसेन, आरति कायर र संजय साह रहेका छन् । यसै गरि प्रविन घिमीरे अध्यक्ष रहेको बासको रसुवा शाखा शनिवार बिस्तार भएको छ । नयाँ बनेको शाखाको उध्यक्षमा रिता तिमसेना, सचिबमा सञ्जिता लामिछाने, सहसचिबमा प्रविना देवकोटा, कोषाध्यक्षमा सचिन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः सञ्जय लामिछाने, प्रज्वल देवकोटा, सुजल डंगोल, अनित न्यौपाने, सशी लामिछाने र अर्पण घिमिरे रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४ १२:११