उनले प्रमुख दलहरुको कार्यशैलीका कारण जनताले फरक दललाई दिएको मतका आधारमा सिङ्गो व्यवस्था नै खराब हो भन्ने खालको प्रचारबाजी भएको टिप्पणी गरे ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताइएको छ ।
राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले जनताको साथ समर्थन र सहयोगमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि बाह्य हस्तक्षेप रुपमा बढ्दै गएको भन्दै आम नेपाली जनता जागरुक हुनुपर्ने बेला आएको टिप्पणी गरे।
उनले प्रमुख दलहरुको कार्यशैलीका कारण जनताले फरक दललाई दिएको मतका आधारमा सिङ्गो व्यवस्था नै खराब हो भन्ने खालको प्रचारबाजी भएको टिप्पणी गरे । उनले एक सय वर्षभन्दा लामो सङ्घर्षपछि आएको व्यवस्था नै उल्ट्याउने खालको षडयन्त्र सुरु भएकोमा आशङ्का व्यक्त गरे।
उनले आफूहरुले वर्तमान सरकारलाई समर्थन गरेपनि मुलुकको अहित हुने काममा समर्थन नगर्ने स्पष्ट पारे । देश बचाउन र जनताको सर्वोपरी हितका पक्षमा सबै दलहरु एक ठाउँमा नउभिने हो भने अदृश्य चलखेलमा संसद्मा प्रवेश गरेका दलबाट थप खतरा हुनसक्ने उनको भनाइ छ ।