-
साथीहरू समाजवादी मोर्चा बनाउने भन्दै छन् । मलाईचाहिँ यो वाहियात लागेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटचाहिँ देशलाई समाजवादमा लैजानेगरिको छैन । अनि, किन समाजवादी मोर्चा ?
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
काठमाडौं- कम्युनिस्ट, वामपन्थी र लोकतान्त्रिक धारका शक्तिहरूको दस्तावेजहरूमा निर्दिष्ट राजनीतिक गन्तव्य हो– समाजवाद । वर्गविहीन समाजको परिकल्पना गरिएको समाजवादमा पुुग्न नेपालमा केही महिनायता सानादेखि ठूला समाजवादी दलहरूबीच मोर्चाबन्दीको तीव्र बहस चल्दै छ ।
बहस चलाउनेमध्येकै एक हुन्– प्रधानमन्त्री पुुष्पकमल दाहाल । बुधबार दाङ पुुगेर उनले समाजवादी संयुक्त मोर्चा बनाउने तयारी अन्तिम चरणमा पुुगेको बताए । उनकै शब्दमा भन्दा समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुुक्त मोर्चा बनाउने भएको हो । मोर्चामा आफ्ना दल माओवादी हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासम्मलाई समेट्ने प्रयास भइरहेको बताए ।
‘समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौं । हाम्रो पार्टी (माओवादी), माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,’ उनले दाङमा आयोजित अगुवा कार्यकर्ता भेलामा भने, ‘तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’
समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौं । हाम्रो पार्टी (माओवादी), माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।
पुुष्पकमल दाहाल
प्रधानमन्त्री
प्रधानमन्त्रीको दल माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वको कार्यदललाई मोर्चा गठनबारे सघन छलफलको जिम्मेवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विप्लव हुँदै वामदेव गौतमले पनि समाजवादी मोर्चामा रुचि राखेका छन् । जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकार गठनसँगै सभामुख÷उपसभामुख हुँदै राष्ट्रपतिसम्मको निर्वाचनले यसअघि समाजवादी मोर्चा गठनमा ढिलाइ भएको हो । अब चाँडै मोर्चा घोषणा हुने उनले बताए ।
‘निर्वाचनले गर्दा मोर्चाबारे थप केही हुन पाएको थिएन । अहिले हामी छलफलमा छौं । सायद छिट्टै समाजवादी मोर्चा गठन हुुनेछ,’ प्रवक्ता सुमनले बताए ।
नेपालको संविधानको प्रस्तावनामै नेपाल समाजवादोन्मुख भनिएको छ । समाजवादी नेताहरू यसलाई ठूलो उपलब्धिको रूपमा लिन्छन् । समाजवादमा पुुग्न सरकारले सोहीअनुसारको नीति तथा कार्यक्रमसहितको बजेट ल्याउनुपर्छ । यही ५ जेठमा संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम र त्यसका आधारमा १५ जेठमा प्रस्तुत बजेटले देशलाई समाजवादी क्रान्तिमा लैजाने प्रधानमन्त्री दाहालको दाबी छ ।
हालै एमाले त्यागेका पूर्वमन्त्री मणि थापा पनि समाजवादी शक्तिहरू यत्रतत्र हुनुुभन्दा मोर्चाको नामबाट एक ढिक्का हुनुुलाई ठीक मान्छन् । छिन्नभिन्न अवस्थामा रहेको अवस्थामा क्रमशः समाजवादी आन्दोलन रक्षात्मक हुने उनको ठहर छ ।
‘सकेसम्म छिटो समाजवादीहरूको ध्रवीकरण हुनुुपर्छ । नभए एक समाजवादी दलले अर्को दललाई दुुष्मन मान्ने हो भने समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा हुँदैन,’ उनले भने, रक्षात्मक रुपमा रहेको यो आन्दोलनलाई अघि बढाउनुु नितान्त आवश्यक छ ।’
उनी पनि विप्लवसँग जोडिँदै समाजवादी मोर्चामा समाहित हुने चर्चा छ । मोर्चा निर्माण भए संसद्मा महŒवपूर्ण शक्तिको रूपमा देखिनेछ । बन्न लागेको मोर्चालाई नेकपाको अर्को रूपको रूपमा चित्रण पनि गरिँदै आएको छ ।
तर, मोर्चा गठनबारे नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘वाहियात’ भनेका छन् । मोर्चा निर्माणमा समय खर्चेर बर्बाद गर्न नहुुने पनि उनको मत छ । ‘साथीहरू समाजवादी मोर्चा बनाउने भन्दै छन् । मलाईचाहिँ यो वाहियात लागेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटचाहिँ देशलाई समाजवादमा लानेगरिको छैन । अनि, किन समाजवादी मोर्चा ?,’ खनालले भने ।
नेता खनालले समाजवादी मोर्चाको औचित्य नभए जसरी अभिव्यक्ति दिँदा उनको दलका अध्यक्ष माधवकुमार नेपाल भने सके नेकपा नसके समाजवादी मोर्चाको पक्षमा छन् ।
अर्कातिर, नेपाल–खनालको दलले घोषणापत्रमै समाजवादी शक्तिहरूको ध्रुवीकरण औचित्यपूर्ण हुने भनिसकेको छ । जसले गर्दा पनि यो दल समाजवादी मोर्चामा सहभागी हुने सम्भावना अधिक छ ।
तर, वाम राजनीतिक विश्लेषक भीम भुुर्तेलले समाजवादी भनिएका दलहरू नीति तथा कार्यक्रमदेखि कार्यशैलीगत व्यवहारले समाजवादमा पुुग्न नसक्ने ठोकुवा गरे । उनी नेपालमा समाजवादी क्रान्ति पूरा गर्न अग्रसर हुने भन्ने कुरा पत्याउनै नसकिने बताउँछन् ।
‘समाजवादी वा वास्तविक कम्युनिस्टले के गर्छ ? भन्ने बुझेका प्रचण्डका आफ्नै कार्यकर्ताले उनैलाई छाँड्दै हिँडिसके । अरु समाजवादी भनिएका पार्टीको हालत देखिएकै छ,’ भुुर्तेल भन्छन्, ‘धन्न संविधानमा लेखियो । यी दलहरूले समाजवादी ल्याउँदैनन् । सच्चा समाजवादी पनि होइनन् ।’
गत ४ मंसिरको निर्वाचनअघि नै समाजवादी मोर्चा गठनको बहस छेडिएको हो । तर, अझैसम्म मोर्चाले सार्थकता पाएको छैन । मोर्चा गठन भएको अवस्थामा भने संघीय संसद्देखि प्रदेश संसद्सम्म मोर्चा शक्तिशाली हुनेछ ।
कतिपयलेचाहिँ प्रधानमन्त्री दाहाल कमजोर स्थितिमा रहेपछि थप शक्ति आर्जन गर्न मोर्चा गठनको कार्ड फ्याँकेको पनि टिप्पणी गर्दै आएका छन् ।