काठमाडौं– युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आइतबार देखि संचालनमा आएको छ । यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००।– जम्मा गरीने तथा निशुल्क रूपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ । नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रूपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिग सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरूमा लागु गरीएको छ । यो योजना हाललाई फागुन महिनाका लागि संचालनमा ल्याईएको छ ।