वीरगञ्ज - पर्सामा निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व जेष्ठ नागरिक दुर्व्यहार जागरुपकता दिवसको अवसरमा अन्तर्गत विश्व जेष्ठ नागरिक दुर्व्यहार जागरुपकता दिवसको अवसरमानिशुल्क आँखा शिविर सम्पन्न भएकाे हाे ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व जेष्ठ नागरिक दुर्व्यहार जागरुपकता दिवस मनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आदर्शनगर,वीरगंज पर्सा र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साको सयुक्त आयोजनामा विश्व जेष्ठ नागरिक दुर्व्यहार जागरुपकता दिवसको उपलक्ष्यमा जेष्ठ नागरिक र स्थानियहरुलाइ निशुल्क आँखा स्वास्थ्य शिविर मनाएको हाे ।
उक्त निशुल्क आँखा स्वास्थ्य शिविरमा महिला ७५ जना र पुरुष १५० जना गरि जम्मा २२५ जनाले जेष्ठ नागरिक तथा स्थानियहरुलाई निशुल्क आँखा जाँच गरि निशुल्क औषधि दिएको थियो ।
उक्त कार्यक्रममा प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि.सत्य प्रकाश त्रिपाठीको अध्यक्षतामा तथा ग्रिनसिटि समुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान प्रमुख अतिथिमा भएको कार्यक्रममा आँखा हस्पिटल बिरगंज.पर्साका मे.स.महेश सिह धामी,बिरगंज महानगरपालिका पर्सा स.अ.सरफुदिन मिया,ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्साका सचिव मुरली जलान,आँखा हस्पिटल वीरगंज.पर्साका अपटोम प्रभात चौरसिया,जेष्ठ नागरीक वसन्त प्रसाद उपाध्याय,ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्साका सदस्य रतन टेमानि,ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा कस सदस्य सुशील ,ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्साका सदस्य चन्द्र अग्रवाल, ग्रीनसिटी सा.प्र.से.के.आदर्शनगर पर्साका सदस्य राकेश अग्रवाल,ग्रीनसिटी सामुदायिक प्र.से.के.आदर्शनगर पर्साका सदस्य मनोज गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १३:०६