नेपालगञ्ज- बासको १४ औं बार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम भाद्र २६ गते सम्पन्न भएकोछ ।
नेपालगञ्जको बिनायक गेष्ट हाउसमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य बासका केन्द्रीय सदस्य शिब कुमार बर्माले गरेका थिए । बासकी कोषाध्यक्ष लुना बुढाथोकीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदन साधारणसभामा व्यापक छलफल भई अनुमोदन गरिएको थियो । साधारणसभामा युरेशिया रेयुकाईका प्रमुख चक्र बहादुर चन्द, दलित सेवा सँघ बाँकेका अध्यक्ष कृष्ण बि.क., नारी कल्याण समाजकी नारायणी रुपाखेती, गैर सरकारी सँस्था नेटवर्क बांकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, खजुरा गाउँपालिकाका वडा सचिव उत्तम सिंह सोंढी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता बासका अध्यक्ष मन भण्डारीले गरेका थिए भने साधारणसभामा बन्दशर्त सम्पन्न गरेकोछ । बन्दशर्ततले बासको बिद्यान संसोधन गर्नुका साथै बार्षिक कार्ययोजना पारित गरिएको छ । कार्यक्रममा बासका बिभिन्न शाखा, उपशाखाका १०० बढि प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।