काठमाडौं - नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुकाे आज थुनछेक आदेश आउने भएको छ ।
शुक्रबार अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरूका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।
न्यायाधीश न्यौपानेले आज सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने बताइएकाे छ ।
नक्क्ली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री, उपप्रधानमन्त्रीदेखि बहालवाल सचिवसम्म पक्राउ परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १०:३८