काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अवसरमा देशभर एकसाथ घण्टी बजाउने भएको छ ।
भिडियो शन्देस जारी गर्दै पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन आव्हान गरेका हुन् ।
यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे ।
‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० ११:३५