नयाँ दिल्ली– बढ्दो तापक्रमका कारण पछिल्लो तीन दिनमा उत्तर प्रदेशको बलिया जिल्ला अस्पतालमा ५४ जनाको मृत्यु भएको छ र करिब ४०० जना अस्पतालमा भर्ना भएका छन्।
मृत्युका विभिन्न कारण भए पनि अत्याधिक गर्मी पनि कारण हुन सक्ने चिकित्सकहरुले बताएका छन् । अत्याधिक गर्मीका कारण अस्पताल भर्ना हुनेको संख्या बढेको उनीहरुले बताए ।
यहाँका धेरैजसो ठाउँहरूमा ४० डिग्री तापक्रम देखिएको छ।
एक्कासि मृत्यु हुनेको संख्यामा बृद्धि हुनु र ज्वरो, श्वासप्रश्वासमा समस्या लगायतका समस्याले अस्पताल भर्ना हुने बिरामीले अस्पतालमा भीड बढेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ११:३६