नवलपरासी पश्चिम–नवलपरासी पश्चिममा घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–५ श्रीरामपुर स्थित सुर्यबली यादवको घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यादवको घरमा आइतबार राति साढे दश बजे आगलागी भएको हो । आगलागी भएको खबर पाएसँगै नजिकै रहेको शसस्त्र प्रहरी तुरुन्तै घटना स्थलमा पुगेर नियन्त्रणमा ल्याउन खटिएको सशस्त्र प्रहरी बिओपी गुठी परसौनीका इन्सपेक्टर सुमन अधिकारीले जानकारी दिए ।
आगो, प्रहरी, सशस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय तथा पशुचौपायाहरूमा क्षती नभएपनि घरमा रहेका लत्ता कपडा खाद्यान्न जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ जल्दा करिव एक लाख सत्तरी हजार बराबरको क्षती भएको गुठी परसौनी प्रहरी चौकी कार्यालयले जनाएको छ । यादवका घरका सदस्य सुतेपछि एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरगोठ जलेसँगै उनिहरू बिचल्लीमा परेका छन् । उनको इन्दल यादव पशुपालन फर्मको नाममा दर्ता समेत रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०८:०६