- हेमन्तराज काफ्ले -
समाजमा विभिन्न सोचका मानिसहरू हुन्छ्न । यो जगत सोचकै एक परिकल्पना हो । आज मानिसहरुले हाँक्ने यान्त्रिक बस्तुहरु सबै सोचकै परिणाम हुन् । आज संसार साँघुरो भएको भान भएको छ सामाजिक सञ्जालको कारणले यो सामाजिक सञ्जाल पनि कसैको एक सोच हो । मानिस सामाजिक प्राणी हो तर पनि मानिस जति सामाजिक भए पनि एकल स्वार्थमा बढी लालयित हुन्छ । समाजको लागि केही गरौँ भन्ने सोच भएका मानिसहरू यो धर्तीमा निकै कम हुन्छन् । मानिसलाई सबै थाहा छ असम्भव केही हँुदैन । यो मानिस चन्द्रमा पुगि सक्यो सगरमाथा चढी सक्यो अझ मानिसले के के नयाँ आयामहरु अन्वेषण गर्दै छ । आजका सारा आकाशमा उड्ने जमिनमा गुड्ने बस्तुहरु पनि कसैको कसैको सोचनै हो । अनि किन मानिस सबै यस्ता सोचहरु सोच्न सक्तैनन्, किन मानिस समाजमा बसेर पनि सामाजिक बन्न सक्तैन यो खोजको विषय हो । मात्र संसारमा केही औंलामा गन्न सकिन्छ जो समाजको समाजकै लागि आफ्नो प्राण आहुति दिएर गएका छन् ।
आफ्ना लागि होईन हामीले अरुको लागि पनि केही गर्नु पर्छ भन्ने एउटा सोच हुन त सबैलाई नयाँ नयाँ काम गर्ने सोच त हुन्छ नै तर शुद्ध समाजका लागि केही गर्न सके निकै राम्रो हुन्थ्यो —एक कप चियामा पत्रकार ठाकुर सिंह थारुले भनेका थिए । समाजका लागि ऐना हुन् ठाकुर सिंह थारु उनको पत्रकारिता कलम निकै राम्रो तरिकाले चल्छ । उनले आफ्नो समाजमा निकै अनुकरणीय काम गरेका छन् । उनी नै हुन् समाचारको भर मा पढ्न नपाएका दुई जना नानिलाई पैसा सड्ढलन गरेर दिने । उनी सफा मन भएका एक सामाजिक अभियान्ता नै
हुन् । उनी पत्रकार महासघ बाँकेका जिल्ला अध्यक्ष हुन् भने कानुन व्यवसायि पनि हुन् । उनले चिया पिउँदै आफ्नो कार्यालयमा म सङ्ग भनेका थिए —हाम्रा लागि त हामि जन्मेकै छाँै हाम्रा परिवारलाई हाम्रो कमाईले राम्रै सङ्ग धानेको छ । हामीले अरुका लागि केही गर्न सके निकै राम्रो हुन्थ्यो । यो ठाकुरजीको यो सोचले म नतमस्तक भएँ । एक छिन मेरो मगज शुन्य भयो र म उनका कुरा सुन्दै थिए । उनले भने —हामीले दिनमा १० कप जति चिया पिउँछौ । बास्तबमा चियाले शरीरमा कुनै फाईदा दिँदैन दिनको १० कप चियाको मुल्य १५० यसलाई महिनाको हिसाब गर्यो भने तीन हजार बढी हुन्छ । मैले चिया नपिएर महिना मा तीन हजार अन्तै खर्च गर्न सक्छु । यदि हामीले यस्तै १०० जना जति सहयोगी साथीहरुलाई समेट्न सक्याँै भने लाखौँ उठ्दो रहेछ । यसरी संकलन भएको रकम निस्वार्थ बर्षमा दुई जना अति बिपन्न गरिब परिवारकोघर बनाईदिने यस्तो अभियान बनाउँदा कस्तो होला ? उनले भने ।
मैले नि थपे सोचें ठाकुर जी यो तपार्इँको सोच निकै राम्रो लाग्यो हो नि समाजको लागि हामीले केही गर्न सक्यौँ भने बाचेको सार हुन्छ । मैले थपे जन्मदिन, पूजा आजा, बिबाह एनिभर्सरी भनेर हजारौँ खर्च गर्छाँै त्यस्ता दिनमा मात्र एक हजार सहयोग जम्मा गर्न सकँे त ठाकुर जी यो तपार्इँको सोच सजिलै सफल हुन्छ । केही बेर पछि ठाकुरजीले एउटा घर सहितको स्टाटस सामाजिक सञ्जालमा राखे अनि म उनको सोचलाई आफ्नो नि साथ हुने भन्दै बाहिरिएँ म धेरै दिन सम्म यो सोचलाई नि कल्पना गर्दै थिए एक दिन ठाकुर जि ले फोन गर्नु भो र भन्नू भो मित्र हाम्रो अभियानमा धेरैले साथ दिने भनेका छन् । बिस्तारै ठाकुर को सोच साकार पार्न एउटा टिम नै बन्यो र अहिले अति बिपन्न सहयोग कोषको रुपमा देखा परेको छ निकै सहयोगी साथिहरु यसमा गोलबन्द हुनु भएको छ । यस अभियानमा सम्पुर्ण सदस्यहरु समाजका चिरपरिचित व्यक्तिहरुनैं छन् । आज ठाकुरको चिया पिउँदाको एक सोचले गरिब परिवारले घर पाउने भएका छन् । यो कोषमा हजारौं रकम उठि सकेको छ । मेरो मगज समाजको अवस्था देखेर कम्पन हुन्छ र म कल्पना गर्छु संसार परिवर्तन एक सोचले नैँ भएको हो अनि हामी समाजका लागि किन सोच्न सक्तैनौ ? सलाम छ ठाकुर जी तपाईंको सोचका निम्ति ।