काठमाडाैं -सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । आइतबार सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे हाे ।
बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा १५औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे बैंकले जनाएकाे छ ।
उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव अनुरुप सन्राइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरिएको छ । साे सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०९:२९