बारा – बारामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रका अनुसार लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकल चलाइरहेका पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको दुर्घटनामा सोमबार मृत्यु भएको हो । लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३ प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ का २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको पनि घटनास्थलमै सोमबार मृत्यु भएको मिश्रले बताए । प्रहरीका अनुसार मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि तीनका अफन्तलाई बुझाइने छ । डोरा पुलमा पहिले पनि मोटरसाइकल दुर्घटनामा परी दुई जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०९:४०