काठमाडौं– महोत्तरी, सम्सी गाउँपालिका– १ टिपरिया टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ७३ वर्षीया बिन्देश्वरी यादवको सोमबार दिउँसो मृत्यु भएको छ ।
पाल्पा, तिनाउ गाउँपालिका-३ सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर भारत गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय बिपिन धुसीयाको सोमबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, पाल्पा, रैनादेबी छहरा गाउँपालिका– ८ जलुके झर्ना भन्ने ठाउँमा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही शुद्धोधन गाउँपालिका– २ रजाड बस्ने २२ वर्षीय सन्जय चौधरीको सोमबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।