साउन २८ गते देखि चार दिन सम्म परेको लगातार बर्षाका कारण नेपालका धेरै क्षेत्रहरु डुबानमा साउन २८ गते देखि चार दिन सम्म परेको लगातार बर्षाका कारण नेपालका धेरै क्षेत्रहरु डुबानमा परे । बाढीको कारण धन, जनको ठुलो क्षती भयो, कैयौं घर परिवार घरबार बिहिन भए भने बाटो, पुल, घर आदी सबै भत्किए । त्यो बाढीको कहरबाट बाँके पनि अछुतो रहेन । बाँकेको बिशेष गरि राप्ती नदिको छेउ छाउमा बाढीले बिपत्ती नैं ल्यायो । एकाएक गाउँ पसेको बाढीले सो क्षेत्रमा एकै घरका चार जनाको ज्यान लियो । राप्ती क्षेत्रमा बाढी आउने कारण मुख्य राप्ती नदि नैँ हो ।
जब प्राकृतिक प्रकोप आउँछ सहयोगी हातहरु अगाडि बढ्छन् । विभिन्न संघ—संस्था, ब्यक्तिगत तर्फबाट सहयोग गर्न तर्फ हरेक नेपाली मनहरु लालयित हुन्छन् । बाँकेमा आएको बाढी र त्यसले निम्त्याएको बिपत्तीबाट प्रभावीत पीडितहरुका लागि राहत संकलन गर्न विभिन्न संघ—संस्थाहरुले अभियान अगाडी बढाए । प्राकृतिक प्रकोपको बेला एकले अर्कालाई सहयोग गर्नु मानवता हो । त्यस्तो अवस्थामा सँस्थागत सँगै ब्यतिगत योगदानको पनि उत्तिकै जरुरत हुन्छ । अप्ठ्यारो अवस्थामा गरेको सहयोग अमूल्य हुन्छ । आफूले जे सहयोग गर्न सकिन्छ गर्नु पर्छ ।
सानो—सानो सहयोगले ठूलो काम बन्न सक्छ । त्यो समयमा पनि विभिन्न संघ संस्था, व्यतिmको तर्फबाट सहयोग गर्ने क्रम जारी नै
थियो । कसैले खानेकुरा, लत्ता कपडा वितरण गरिरहेका थिए, कसैले स्वास्थ्य शिविर संचालन गरेका थिए भने कुनै संस्थाले झुल, लाइट वितरण गरिरहेका थिए । त्यही बेला हामी नेपालगञ्जका युवाका तर्फबाट पनि बाढी पीडितका लागि केही गर्नु पर्छ भन्ने उद्धेश्यका साथ मैले पनि पीडितका लागि सहयोग गर्न पर्छ भन्ने ठानँे सबै साथीहरुको सहयोगमा हामीले नेपालगञ्जका बिभिन्न स्थानमा सडक नाटक ग¥यौं । बाढी पीडितलाई सहयोग कसरी गर्ने भन्ने बिषयमा युएनडिपीसंग समन्वय र छलफल गरियो । छलफलले नेपालगञ्जका बिभिन्न युवा संस्थाहरुमा आबद्ध युवाहरुको उपस्थितीमा बाढी पीडित क्षेत्रमा भत्किएका संरचनाहरु पूर्ननिर्माण गर्ने र पीडितहरुलाई सहयोग गर्ने निष्कर्षमा पुग्यौं । पीडितका लागि सबैको ध्यान राहत बितरण तिर रहेको अवस्थामा हामी स्थलगत रुपमा गएर पीडितहरुलाई सहयोग गर्ने निर्णयमा पुग्नु नौलो र चुनौतीपूर्ण थियो । हामीले प्रभावित क्षेत्रमा युथ क्याम्प स्थापना गर्ने योजना बनायौं । युथ क्याम्पको मुख्य उद्देश्य भत्किएका संरचनाको पुर्ननिर्माण, सरसफाई गर्नु र पीडितहरुलाई सहयोग पु¥याउनु थियो । योजना अनुरुप कामको बाँडफाँड गरियो, केही साथीहरुले स्रोत जुटाउने जिम्मेवारी पाए भने केहीले प्रभावित क्षेत्रमा गएर पुर्वाधार व्यबस्थापन गर्ने जिम्मेवारी पाए । नेपालगञ्जमा क्रियाशिल संस्था बास नेपालगन्ज र चियर्स क्रियटीभ नेपालका स्वयंसेवकहरुले युथ क्याम्पमा बसेर स्थानीय स्तरका संरचनाहरुको सरसफाई, पूर्ननिर्माण र स्थानीयहरुलाई सहयोग गर्ने जिम्मेवारी पाए, उता एच.सी.आईले आवश्यक पर्ने श्रोत जुटाउने, आइ.एच.आर.सी.ले यातायात व्यवस्थापनको जिम्मेवारी पाए । म बास नेपालगन्ज सँग आवद्ध स्वयंसेवक समूहको संयोजक भएको कारण युथ क्याम्पमा गई स्थानीय स्तरमानँै काम गर्ने अवसर पाए । क्याम्पको लागि भदौै ९ गते नरैनापुर गाउँपालिकाको मटेहियामा हाम्रो टोली पूग्यो र क्याम्प खडा ग¥र्यो । हामी सँग दश जनाको समूह थियो ।
बाढि प्रभावित क्षेत्र मटेहिया र गँगापुर अन्य क्षेत्रको तुलनामा अली बढीनै प्रभावित थियो ति स्थानहरुको व्यवस्थापन मुख्य रुपमा गर्ने योजना थियो । शुरुको दिन क्याम्प व्यवस्थापन गर्न र स्थानीयहरु सँगको भेटघाटमै सिमित भयौ । त्यसपछि त्यहाँको अवस्था अवलोकन गर्न तर्फ हाम्रो टिम फिल्डमा लाग्यो । हामी त्यहाँ पुग्दा त्यहाँका जनतामा एक किसिमको नैराश्यता थियो । म क्याम्प स्थापना भएको एक दिन ढिलो त्यहाँ गएको थिएँ । हामी पूग्दा पीडितहरु घरमा फर्किसकेका थिए तर उनीहरुमा अझै बाढी आउँछकी भन्ने त्रास भने कायम नैँ थियो । उनीहरुले बाढीबाट भत्किएको घर पूर्ननिर्माणको जोहो गर्ने, घरमा भिँजेको अन्न बाली सुकाउने तथा घरको फोहर सरसफाई गर्ने काममा निकै ब्यस्त देखिन्थे । बाढीले सो स्थानको बाटो घाटो बगाएको थियो जसले गर्दा आवतजावत गर्न कठिन भइरहेको थियो भने चार पाङग्रे गाडी हिँड्न सक्ने अवस्था थिएन । स्थानीयहरुको करेसाबारीमा लेदो थुप्रिएको थियो, विद्यालयमा पाँच फिट सम्म पानी जमेकोले कक्षा कोठामा हिलो थुप्रिएको थियो जसले गर्दा विद्यार्थीलाई पढाउन नसकिने अवस्था थियो । कक्षाकोठाको छेउ तथा चउरमा झयाङ्ग, फोहर थुप्रिएको थियो जसले गर्दा बिद्यार्थीलाई सर्प, किराले डस्ने खतरा उत्तिकै थियो । त्यहाँको सबै स्थलगत अवस्थाको अवलोकन पश्चात हामीले त्यही अनुसार योजना बनायौं ।
भाद्र १० गते बिहानै देखि टोलीले काम शुरु ग¥यो । हामीसँग औजारहरुको अभाव थियो त्यहीका स्थानीयबाट औजारको व्यवस्था गरियो । मटेहिया र गगांपुर जोड्ने मुख्य सडकको विभिन्न ठाउँहरु बिग्रिएको थियो जसले स्थानीयहरु एक स्थानबाट अर्को स्थान जान समस्या भईरहेको थियो टोलीले त्यस्ता खाल्डा खुल्डीहरु पुर्ने काम ग¥यो । त्यो दिन दिनभरीनै टोलीले काम ग¥यो, म १० गते बेलुकी मात्रै क्याम्पमा पूगेको थिएँ । साँझ निकै थकानको महसुस भएपनि समूहमा काम गर्न पाउँदा सबै साथिहरु खुशी देखिन्थे । सबैमा एक प्रकारको अलग्गै उत्प्रेरणा, जोश, जाँगर थियो । अर्को दिन भाद्र ११ गते साबिकको गंगापुर गाबिस स्थित भगवानपुरमा रहेको मदरसा विद्यालय सफा
गरियो । बिद्यालयको कक्षा कोठामा माटो थुप्रिएको थियो हामीले दिनभरि काम गरेर पुरानै अवस्थामा फर्कायौं । हामी क्याम्पमा बेलुकीको खाना खाएर दिनभरि गरिएका कामको समिक्षा र भोली गर्ने कामको योजना बनाउँथ्यौं त्यो दिन पनि त्यही नै ग¥यौं । भाद्र १२ र १३ गते गगांपुर स्थित जय किसान मा. वि. को सरसफाई गर्ने योजना थियो । त्यो बिद्यालयको अवस्था पनि चिन्ताजनक थियो । शौचालय प्रयोग गर्न लायकको थिएन । जय किसान मा. वि को प्रधानाध्यापकको सहयोगमा विद्यालयको शौचालय फोहोर सफा गरियो । दोश्रो दिन हामीले स्थानियहरुको साथ र सहयोग पायौं । सोही दिन युएनडिपी नेपालगन्जका प्रमुख शतीस पाण्डे पनि प्रभावित क्षेत्रमा पुगी हाम्रो अभियानमा सहभागि भएका थिए । उनको आगमनले हामीमा एक प्रकारको थप उर्जा पैदा भयो । विद्यालयमा सरसफइको काम १४ गते सम्म चल्यो । विद्यालयका रुखहरुमा पेन्ट गर्ने काम भयो जसले गर्दा विद्यालय साँच्चिकै आकर्षक देखिन्थ्यो । त्यसपछिका तीन दिन लगातार त्यहाँका स्थानियहरुको आगन र करेसाबासी सफा गर्न तिर लाग्यौँ हामीले त्यो अवधिका १० वटा करेसा बारीको सबै फोहोर ब्यवस्थापन गरेका
थियौं । त्यहाँको अवस्था र अत्यावश्यक कामहरु सके पछि हामी युथ क्याम्प सक्काएर भाद्र १७ गते नेपालगन्ज फर्कियौं । नौ दिने आवासिय क्याम्पले हामीलाई धेरै कुरा सिक्ने र अनुभव गर्ने अवसर प्राप्त भयो । हामीले गरेको सानो योगदानबाट त्यहाँका विद्यार्थीहरुले पढ्न पाए, सडक मार्गबाट आवत जावत गर्नेलाई आवागमनमा सजिलो भयो, करेसाबारीमा फेरी तरकारी फलाउन कृषकहरु सफल हुने भए । हाम्रो अभियानले स्थानीय युवालाई स्वयंसेवा गर्न अग्रसर गरायो भने त्यहाँका आम नागरिकहरुमा केही अपनत्वको भावना पलाएको मैले महशस गरेँ । निश्वार्थ भावनाले सामाजिक काम गर्दाको आनन्दताको अनुभुति मैले पनि गरेँ ।
युथ क्याम्पबाट मैले सिकेको महत्वपूर्ण कुरा कुनै पनि काम गर्न तत्परता चाहिँदो रहेछ, एक्लैले भन्दा सामुहिक रुपमा काम गर्दा रमाइलो हुने, काम गर्न उत्प्रेरित हुने र अफ्ठ्यारो काम पनि सहजै गर्न सकिने रहेछ । मेरो कारणले कसैलाइ राम्रो हुन्छ भने किन नगर्ने भन्ने कुराको महसुस भएको छ । यस कार्यबाट समाजका लागि हामीले पनि केही ग¥यौं भन्ने कुराको अनुभुति भएको छ । जसबाट आत्मसन्तुष्टि प्राप्त भएको छ । आत्मसन्तुष्टिनैं जीवनको सफलता हो भन्ने लागि रहेको छ ।