काठमाडौं– केटीएम सिटीको ‘ समर क्लियरेन्स सेल अफर’ सार्वजनीक भएको छ ।
समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् ।
अफरको मुल्य ९० रुपैयाँबाट सुरु हुनेछ ।यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नेछ ।’ केटीएम सिटीले भनेको छ । यो अफर केही सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिनेछ । नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ ।
केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार भएको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १२:११