काठमाडौं– जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमोलको भातृ संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस – राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा राजनीतिककर्मीहरुलाई एकै छाता मुनि ल्याई खेलकुद प्रति आकर्षण बढाउने उद्धेश्यले राजनीतिककर्मी युगल ब्याडमिन्टन आयोजना गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।
राजनीतिमा एक आपसमा पक्षपात, कटाक्ष र अनुशासनहिन कार्य गर्ने राजनीतिकर्मीलाई खेलकुद सवैको साझा थलो हो, यसमा जात, धर्म, बाद जस्ता कुराको प्रभाव नहुने, निश्पक्षता र अनुशासित रहने तथा सम्मानपूर्वक हारजित स्विकार गर्न सक्ने क्षमता रहेको ज्ञान प्रवाह गर्नु पनि यसको उद्धेश्य रहेको छ – अध्यक्ष श्रेष्ठले बताए ।
ललितपुरस्थित रिभाईभ लिजर पार्कमा आयोजना हुने प्रतियोगितामा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, प्रतिनिधी सभा, राष्ट्रिय सभा, प्रदेश सभाका साँसदहरु एवं पूर्व साँसदहरु तथा संविधान सभाका सभासद्हरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिता आषाढ १८ देखि २० गते सम्म संचालन हुने छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १३:१६