जाजरकोट– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न. पा. ७, जाजरकोट अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई रु. एक लाख नगद सहयोग प्रदान गरिएको हो । उक्त सहयोगले विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारीका लागि शुद्ध खानेपानीको व्यवस्थापन गर्ने विद्यालयले जनाएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले जनाएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६ ०६:००