काठमाडौं– एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखाको नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरे । शाखा स्थापनासँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।