काठमाडौं– सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको अवसरमा विशेष योजना ल्याएको छ । शिवरात्रीका अवसरमा बैंकले ग्राहकलाई विशेष योजनास्वरूप विभिन्न छुट प्रदान गर्ने भएको हो । बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजनाअन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउन सकिने पनि बैंकले जनाएको छ । त्यस्तै महिला ग्राहकले भने नेपाल टेलिकम वा एनसेलको रु. १००।– को टपअप पाउने जानकारी बैंकले जनाएको छ ।