काठमाडौं– अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा परिन्दा श्रेष्ठ (परि) र परिशा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिसतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
‘हेरिटेज पेजेन्टस’का लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोकस्थित भिभान्त होटलमा कार्यक्रमको आयोजनासहित दुबै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्ट्स नेपाल–२०२०’को क्राउनसमेत लगाइदिएको थियो ।
इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पुर्वप्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मञ्जु ढकाललगायतको उपस्थिति रहेको थियो ।
केही दिनअगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुबै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर दुई सय बढी महिलाको सहभागिता रहेको थियो । ‘हेरिटेज् पेजेन्टस्–२०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुँदैछ । नेपाललगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरूको प्रतियोगितामा सहभागीता रहनेछ ।
प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।
नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगिता आयोजनाको उदेश्य बिश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल–२०१४’ बाट सुरु भएको हो ।