नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न पश्चिमी महाशक्तिको राजकीय भ्रमणपछि तीन अमेरिकी टेक कम्पनीहरूले भारतमा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। अमेजन, गुगल र माइक्रोसफ्टले भारतीय प्रविधिको विकासका लागि पुँजी लगानी र प्राविधिक सहयोगको घोषणा गरेका हुन्।
अमेजनले आगामी सात वर्षमा भारतमा थप १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ , जसले कम्पनीको कुल भारतको लगानीलाई सबै व्यवसायमा २६ अर्ब डलरमा पुर्याउनेछ, गुगलले गुजरातमा आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर खोल्ने बताएको छ।
माइक्रोसफ्टका अध्यक्ष र सीईओ सत्य नडेलाले प्रधानमन्त्रीसँगको भेटमा भारतीयहरूको जीवन सुधार्न मद्दत गर्न प्रविधिको शक्ति, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा छलफल गरेका थिए।
भारत संसारको सबैभन्दा जीवन्त विकासकर्ता र स्टार्ट–अप इकोसिस्टमको घर हो, र माइक्रोसफ्ट भारतीय प्रविधिको विकासको लागि गहिरो प्रतिबद्ध जनाउदछ नडेलाले भने ।
माइक्रोसफ्टले गत महिना भारतमा सरकारी सहयोगका लागि मोबाइल उपकरणहरूमा नयाँ जेनेरेटिभ एआई–संचालित च्याटबोट जुगलबन्दी लन्च गरेको थियो।
गुगलका सीईओ सुन्दर पुचाईले भारतको डिजिटलाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा प्रधानमन्त्रीसँग गरेका थिए।
अमेजनको एक विज्ञप्तिमा भनिएको छ, कि यसको सीईओ एन्डी जस्सी र प्रधानमन्त्रीले भारतीय स्टार्टअपहरूलाई समर्थन गर्ने, रोजगारी सिर्जना गर्ने, निर्यात सक्षम गर्ने, डिजिटलाइजेसन, र व्यक्ति र साना व्यवसायहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सशक्त बनाउने बारे वाचा गरेको छ।
अमेजनले पहिले नै ६.२ मिलियन भन्दा बढी साना व्यवसायहरूलाई डिजिटलाइज गरिसकेको छ। यस अवद्धिमा ७ अर्ब डलरको निर्यात र १३ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गरेको कम्पनीले जनाएको छ ।
पीएम मोदीले आफ्नो अमेरिकी भ्रमणको अन्तिम दिन वाशिंगटन डीसीको ह्वाइट हाउसमा (हाइ–टेक ह्यान्डशेक) मेगा कार्यक्रममा सेमिकन्डक्टर, निर्माण, अन्तरिक्ष र स्टार्ट–अप सहित विभिन्न क्षेत्रका उद्योगका प्रतिनिद्धिहरुलाई भेटेका थिए ।
प्रधानमन्त्री मोदीले सामाजिक–आर्थिक वृद्धिको लागि भारत–अमेरिका प्राविधिक सहयोगको उपयोग गर्ने अपार सम्भावनालाई जोड दिए।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ११:५८