पोखरा- नेपाल- चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ मा चीनको सिचुवान ड्रागन बोट टोली प्रथम भएको छ ।
शुक्रबारदेखि पोखरामा जारी खेलमा २ सय र ५ सय मिटरको दुवै प्रतिस्पर्धामा सिचुवानले जीत हात पारेको हो । यो सँगै सिचुवानले ५ लाख ५० हजारको दरले ११ लाख रुपैयाँको पुरस्कार जितेको छ ।
प्रतियोगितमा नेपाली टिम ‘नारा ड्रागन’ दोस्रो भएको छ । दुवै विधामा दोस्रो स्थान बनेसँगै नाराले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको हो ।
चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । युनानले २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको हो । फेस्टिबलमा प्रयोग गरिएको ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:५०