काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्धको खेलमा शनिबार नेपाल १६७ रनमा सिमित भएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६७ रनको सामान्य लक्ष्य दिएको हो।
टस हारेर ब्याटिङ थालेको नेपाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्यो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १६:११