रुकुम– कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी रूकुम पश्चिममा दुर्घटनामा परेको छ।
शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका ३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ।
गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।
घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १६:१८