काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।
आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा उक्त अधिवेशन सुरु हुने जनाइएकाे हाे ।
केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०९:२१