-अस्मिता बुढा-
एक क्लिकले सिङ्गो संसार नैँ आफ्नो सामु आइपुग्छ । जसले भौतिक रुपमा धेरै धेरै टाढा रहेकाहरुलाई नजिक्याईदिन्छ र खबरहरु पनि क्षणभरमै एकसाथ संसारभरि नै फैलाउन सक्छ । कुरा हो सामाजिक सञ्जाल अनि यसको सदुपयोगको, जसमा कतिपय ब्यक्तिहरुका भावना पोखिएको हुन्छ कतिको बिचार ब्यक्त भएको हुन्छ, कतिले यसैलाई माध्यम बननाएर प्रेम ब्यक्त गरेका हुन्छन् भने कतिले बियोग तथा बिछोडका कुरा, यसलाइ सहि र सकारात्मक सोचेमा कतिपयका लागि यसले मनोबैज्ञनिक परामर्शको समेत काम गरिरहेको हुन्छ भने कतिपय ब्यक्तिले यसको सहयोगबाट आफुलाई सफलता तर्फ उन्मुख पनि बनाएका छन् ।
हिजो आज युवा युवतिलाई मात्रै होइन समग्र जनसंख्याको ८० प्रतिशत मानिसहरु सामाजिक सञ्जालले छोएको छ । बिभिन्न ब्यक्तिहरुले नयाँ—नयाँ कुराको ज्ञान लिन देश र समग्र गतिबिधि पत्ता लगाउन र साथी भाईसङ्ग जोडिन पनि यसको प्रयोग उल्लेखनिय छ । भनिन्छ नि औषधी पनि ठिक समय मिलाएर खाएन भने औषधी बिष हुन्छ । त्यसैगरि सामाजिक सञ्जाल प्रयोग गर्न जाने यसले धेरै फाईदा गर्दछ भन्ने ज्वलन्त उदाहरण बनेका छन् नेपलगञ्ज नगरबासी युवायुवतिहरु सामाजिक सञ्जाल फेसबुक बाटै च्याट गर्दै साथि बनेका केहि युवाहरुले सामाजिक कार्यमा सहयोग गरिरहेका छन् । सकारात्मक र उत्साहित केहि युवाहरुको फेसबुकमै भएको कुराकानी पश्चात छलफल गरि सामाजिक कार्यमा त्तगभभल ७ प्ष्लन च्च् न्चयगउ जुटेका हुन् ।
युवाहरुले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको समयमा कोही यस्ता बिचार भएका युवाहरु जसले फेसबुक बाटै सहयोगि हातहरु फैलाउने सहयोगि भावनाले भरिएका यि युवाहरु आफ्नो यस कार्यमा सबै भन्दा बढि प्रयोग फेसबुक कै भएको Queen & King RR Group का सदस्यहरु बताउँछन् र फेसबुकमै शेयर भएको लिङ्कको आधारमा यस ग्रुपले कालिकोट निवासि ४ बर्षिया बालिका मनसरा बि. क.को उपचारका लागि सहयोगि हातहरु फैलाई सकेका छन् । आँखाको ट्युमर रोगबाट ग्रसित बालिकाको उपचारकै लागि नेपालगञ्जका २१ जना फेसबुकका साथिहरु मिलेर सहयोगको अपिल गर्दै सेतु बि क चोक देखि धम्बोझि हुँदै घरबारि टोल सम्म पूगेका थिए ।
नेपालगञ्जको चर्को गर्मिको कुनै प्रवाह नगरि २ दिन सम्म उनीहरुले यो कार्य गरेका हुन् जसबाट रु ३५ हजार संकलन भएको कुरा सो ग्रुपकी सदस्य रेखा अधिकारिले बताईन् ।
फेसबुकमा देखिएकि सानी बालिकाको यस्तो अवस्था देखेपछी हामीले पनि केहि सहयोग गर्न सक्छौं, गर्नुपर्छ भनेर छलफल गरि निर्णय गरेर ग्रुपबाट पहिलो सहयोग गरेको उनी बताउँछिन् । एउटा सामान्य परिवारकी यि बालिकाको उपचारको लागि काठमाण्डौं जाँदा उनका बुवासंग जम्मा ४ हजार रुपैया मात्र थियो जसबाट उपचारको परिकल्पना मात्रै हुन्थ्यो, उपचार सम्भव थिएन । जुन ग्रुपको पहलमा सम्भव भयो । अव तपाईं, हामीहरु पनि यस्ता सामाजिक कार्यहरु गर्न तर्फ अग्रसर रहने कि ?