काठमाडौं - रक्षामन्त्री पूर्णबहादूर खड्काले शान्ति सेनामा नेपाली सेनाको संख्या १० हजार पुर्याउने तयारी भइरहेको बताएका छन् ।
सोमबार बजेटबारे मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरि शान्ति सेनामा नेपाली सेनाको संख्यालाई ६ हजारबाट बढाएर १० हजार पुर्याईने जानकारी दिए ।
उनले भने,‘अहिले हामी ६ हजारको हाराहारीको संख्यामा नेपाली सेनालाई शान्ति सेनामा खटाएका छौं । संयुक्त राष्ट्रसंघको आह्वानमा १० हजारको संख्यामा सेना पुर्याउन सक्ने तयारीमा छौं ।’
त्यस्तै उनले संयुक्त राष्ट्रसंघको आग्रहमा २ हजारको संख्यामा शान्ति सेना तयारी अवस्थामा राखेको र त्यसमा सेनाको उपल्लो दर्जालाई समेत समेटेने गरी कार्य गरिरहेको बताए ।
‘रक्षा र परराष्ट्रमन्त्रालयले कुटनीतिक माध्यमबाट नेपाली सेनाको उपल्लो दर्जामा नेतृत्वको पहुँच पुर्ययाउने गरी संयुक्त राष्ट्रसंघको सम्बन्धित संस्था र सम्बन्धित पदाधिकारीसँग सेनाबारे पहल जारी राखेका छौं,’ उनले भने ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १४:१०