रुकुम- रुकुम पश्चिम आठविसकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०र०८१ का लागि साढे ६३ करोड बजेट ल्याएको छ ।
नगरपालिका उपप्रमुख धनकुमारी शाहिले आगामी आर्थिक बर्षको बजेट प्रस्ताव गरे । चौधौं नगरसभा अन्तरगत नगरपालिकाले आज आगामी आर्थिक बर्षको लागि ६३ करोड ५० लाख ६४ हजार ४ सय ४८ बजेट ल्याएको हो चालु तर्फको कुल बजेटको ६३.७८ प्रतिशत अर्थात ४० करोड ५० लाख २५ हजार ४ सय ४८ रुपैयाँ रहेको छ ।
पुँजीगत तर्फ २३ करोड ३९ हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ३६.२२ प्रतिशत हो । आगामी बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने सोत मध्य आन्तरिक राजस्वबाट २ करोड ८० लाख, संघिय सस्शर्त अनुदान बाट (चालु) तर्फ २४ करोड १४ लाख, संघिय सःशर्त अनुदान (पुजिगत) तर्फ १ करोड ३९ लाख, संघिय सरकार राजश्र वाँडफाँट तर्फ १३ करोड ३८ लाख २२ हजार रुपैयाँ, संघिय समपुरक अनुदान बाट ९० लाख रकम रहेको छ ।
प्रदेश सरकार राजश्र वित्तीय समणिकरण अनुदान १ करोड २१ लाख ७७ हजार रुपैयाँ, प्रदेश सरकार राजश्र बाँडफाँटबाट २० लाख ७७ हजार ४ सय ४८ रुपैयाँ, प्रदेश सरकार सस्शर्त अनुदानवाट (चालु) तर्फ ३ करोड ५१ लाख ८८ हजार रुपैयाँ, प्रदेश सरकार सस् शर्त अनुदान पुजिगत तर्फ २ करोड १० लाख रुपैयाँ, प्रदेश सरकार समपुरक अनुदान बाट १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
आज बजेट सार्वजनिक गरेको नगरपालिकाले हिजो आइतबार नीती कार्यक्रम ल्याएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १४:५९