काठमाडौं– भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । खेल यसै वर्षको अक्टोबर–नोभेम्बरमा हुने छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।
बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।
प्रमुख खेलहरू
१३ अक्टोबर– अष्ट्रेलिया र दक्षिण अफ्रिका– लखनऊ
अक्टोबर १५– भारत र पाकिस्तान - अहमदाबाद
अक्टोबर २० -पाकिस्तान र अष्ट्रेलिया -बैंगलोर
अक्टोबर २१-इङ्गल्याण्ड र दक्षिण अफ्रिका -मुम्बई
२२ अक्टोबर- भारत र न्यूजील्याण्ड - धर्मशाला
२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ
४ नोभेम्बर - अष्ट्रेलिया र इङ्गल्याण्ड-अहमदाबाद
नोभेम्बर १२-पाकिस्तान र इंग्ल्याण्ड- कोलकाता
पहिलो सेमिफाइनल -१५ नोभेम्बर - मुम्बई
दोस्रो सेमिफाइनल- ज्ञट नोभेम्बर- कोलकाता
फाइनल- नोभेम्बर १९– अहमदाबाद
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १३:३४