रोम– इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । मङ्गलबार घोषणा गरिएको सेमिटिज्म विरुद्धको अभियानमा लड्नको लागि खेलाडीलाई नम्बर ८८ को जर्सी लगाउन प्रतिबन्ध लगाएको हो ।
इटालीको सरकारका प्रतिनिधि र इटालियन फुटबल संघले मंगलबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । नम्बर ८८ ‘हेल हिटलर’ को एक संख्यात्मक कोड हो। ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइएको छ ।
मार्चमा, ‘हिटलरसन’ नामको लाजियो शर्ट लगाएको र यसमा नम्बर ८८ लेखिएको एक प्रशंसकलाई रोमन क्लबको खेलहरूमा उपस्थित हुन आजीवन प्रतिबन्ध लगाइएको थियो।
८८ नम्बरको जर्सी लगाउने समर्थकलाई समेत रंगशाला प्रवेशमा रोक लगाइने भएको छ । यसअघि विभिन्न खेलका क्रममा समर्थकहरु पनि ८८ नम्बरको जर्सी लगाएर रंगशाला प्रवेश गर्ने गरेका थिए । गत मार्चमा लाजियोका एक समर्थक ८८ नम्बरको जर्सी लगाएर रंगशाला पुगेका थिए । त्यो खेलमा लाजियोले रोमालाई हराएको थियो ।
लाजियोका ती तीनजना समर्थकलाई आजीवन स्टाडियो ओलम्पिको रंगशाला प्रवेशमा रोक लगाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ११:२३