म काम बिशेषले भृकुटिनगर देखि धम्बोझि चौक जाँदै थिए । नेपालगञ्ज स्थित सुर्खेतरोड फराकिलो भए सँगै सवारी साधनको चाप पनि उत्तीकै बढेको आभास हुन्छ निकै ब्यस्त सुर्खेतरोड हुँदै बाईकमा म धम्बोझि गएको थिएँ । म एउटा कार्यालयको कामले गएको थिएँ । मलाई धम्बोझिमा फोटोकपी पसल चाहिएकाले सो पसल भए तिर गएँ । म त्यहाँ जादै गर्दा सडक पेटी पुरै अतिक्रमण गरिएको थियो । धम्बोझि चौकको पूर्बी लाईनमा रहेका मोवाईल पसलहरुले पुरै सडक पेटी नै कब्जा गरी ब्यापारिक प्रयोजनार्थ गेटहरु निर्माण गर्ने ठुला ठुला बोर्डहरु राख्ने गरेको रहेछ । मलाई त्यहाँ पुगेपछि बाईक पार्किङ्ग कहाँ गर्ने निकै समस्या भयो म त्यहाँ बाट अलि पर गएर मोटरसाईकल पार्किङ्ग गरेर बल्ल काम गर्न लागेँ ।
नेपालगञ्जको सडक पेटि सडक निर्माण भए देखिनै धुम्ती पसल तथा ठेलाहरु राखीदै आएको छ झन अहिले दशैंको आउँदै गरेर होला मोवाईल कम्पनीहरुले सडकलाई नै अतिक्रमण गरि ठुला ठुला बिज्ञापनहरु राखेका छन् । यसरी बिज्ञापन राखिनु त्यो पसल तथा कम्पनीका लागि त राम्रो होला तर किनमेल तथा पैदल आवत जावत गर्ने ब्यक्तिहरुका लागि त्यसले निकै ठुलो समस्या निम्त्याएको छ । सडक पेटि अतिक्रमण गरिएपछि पैदल यात्रुहरु सडकमा हिँड्न बाध्य छन् जसले दुर्घटनाको समेत जोखिम निम्त्याएको छ । नेपालगञ्जमा मुख्य चौकहरुमा २४सै घण्टा प्रहरी तथा ट्राफिक प्रहरीको तैनाथी हुन्छ तर उनीहरुकै अगाडी ब्यापारीहरुको सडक माथिको मनोमानिले प्रहरी सँगै नगर ब्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिकाको कार्य शैलीमा समेत प्रश्न चिन्ह खडा गरेको छ । यसरी गरिएको अतिक्रमण हटाउन पहल गर्ने जिम्मेवारी सम्बन्धित निकायले कहिले पुरा गर्लान् ? त्यो दिनको प्रतिक्षामा म छु ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४ ०६:४५