काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’ चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,०००।– अंकित मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ऋण पूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तर्फबाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।