काठमाडौं – एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोद्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ । बैंकले हाल देशभरिका ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएकोछ ।
यस सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीलाई वित्तिय पहुँच पुर्याउनका लागि संयुक्त प्रयास गर्ने जनाइएको छ । एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरूको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरू यससँग सम्बद्ध महिला उद्यमीहरूलाई सहजरूपमा कर्जा उपलब्ध गराउनेछ ।