काडमाडौं– नेपाल विज्ञापन संघले एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन गरेको छ । नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मि, विज्ञापन श्रर्जक, विज्ञापनदाता, विज्ञापन वजारका विद्यार्थी र व्रान्डसंग सम्वन्धित व्यक्तिहरूलाई समेटने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्र कुमार रिजालले बताए । नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ र सुजन राजा श्रेष्ठ नियुक्त भएका छन् । उक्त कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खड्किएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ क्लबले पहल गर्ने बताए । एड क्लब अफ नेपालमा डेपुटि गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यहरूमा विराट श्रेष्ठ, शरद शाही र अनन्तराज घिमिरे नियुक्त भएका छन् ।