चितवन – चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए । राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरूबाट पीईटी बोतलहरू नियमित रूपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ ।