काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएको छ ।
बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधन रोकिएको छ ।
लेदो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति: शनिबार, असार १६, २०८० ०९:३९