सिरहा – सिरहाको भगवानपुर गाउँपालिकाले २० औ राष्ट्रिय धान दिवस मनाएको छ।
भगवानपुर गाउँपलिकाको अभियान धान बाली उन्नत खेती प्रविधिको विकास, जलवायु अनिकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ उक्त दिवस मनाएको हो।
शुक्रबार गाउँपालिकाको केन्द्र नजिकै रहेको खेतमा रोपाइँ गरी यो दिवस मनाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री उग्र नारायण यादव प्रमुख प्रशासकिय अधिकृत,पालिकाका कर्मचारी , सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।
यस्तै मुलुकभर नै रोपाइँ उत्सव गरेर धान दिवस मनाइएको छ। दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर असार १५ लाई उत्सवकै रुपमा मनाइने गरिएको छ। मानो रोपेर मुरी फलाउनका लागि धानको विउलाई रोप्ने गरिन्छ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० ११:३७