काठमाडौं– चर्चित युवा निर्देशक अजय पुजारीद्वारा निर्देशित टेलिशृंखला ‘वा क्या मजा’को बुढासुब्वा म्यूजिकको यु–ट्युब च्यानलबाट प्रसारण भइरहेको छ ।
यस टेलिशृंखलाको सह–निर्देशकमा शशिशेखर बुढाथोकी रहेका छन् भने कलाकारहरूमा अजय पुजारी, नेहा देउला, वासु महर्जन, विनिशा भुजेल, रोशन लोहनीलगायतका रहेका छन् । उक्त टेलिशृंखलाको पहिलो र दोस्रो भाग प्रसारण भइसकेको छ भने तेस्रो भाग प्रसारणको क्रममा रहेको निर्माणपक्षले जनाएको छ । निर्देशक पुजारीकै निर्देशनमा अर्को टेलिशृंखला ‘फुच्चे हुन्’को छायाङ्कनका लागि अन्तिम चरणमा रहेको बताइएको छ । निर्देशक पुजारीले यसअघि विभिन्न आधा दर्जनभन्दा बढी टेलिफिल्म तथा गीतहरूमा निर्देशन तथा अभिनय गरिसकेका छन् ।
अजयले यस क्षेत्रमा १५ वर्षदेखि सक्रिय रहेका छन् । उनी भन्छन्, ‘म यो क्षेत्रमा लागेर सन्तुष्ट छु ।’ अजय निकट भविष्यमै फिचर फिल्म बनाउने योजनामा रहेका छन् ।